नेपाल बङ्गलादेश बैंकले सिरुटारमा नयाँ शाखा कार्यालय संचालन
वि.सं.२०७७ माघ १० शनिवार १४:४०
1.6K
shares
काठमाडौं: नेपाल बङ्गलादेश बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गर्नु भएको छ ।
उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।
नेपाल बङ्गलादेश बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीको प्रवेश
वि.सं.२०७७ माघ १० शनिवार १४:४०



















