नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीको प्रवेश
वि.सं.२०७७ माघ १० शनिवार १४:२०
1.4K
shares
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा विनोध चौधरीले श्रीमती सारिका चौधरीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन् । विनोध चौधरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रवेश गरेका हुन् ।
नविल बैंक र एनसीसी मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले बतायो ।
नविल बैंकमा चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नविल बैंकमा ५० प्रतिशत सेयर रहेको छ भने सारिका, छोरा निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ ।
सारिका चौधरीको नाममा १० लाख कित्ता सेयर देखिएको र उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेको बैंक स्रोतले जनाएको छ । चौधरीको कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ ।
साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस २१ गते बुक्क क्लोज गरेको थियो । चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
चौधरीले सेयर किनेपछि एनसीसी बैंकमा हलचल मच्चिएको छ । ‘चौधरीले अहिलेसम्म एनसीसी बैंकको सेयर किनेका थिएनन्, पहिलो पटक उनले किनेका छन् । यसले बैंकभित्र नयाँ तरङ्ग पैदा भएको बैंक सम्बद्ध उच्च स्रोतले जनाएको छ ।
एनसीसी बैंक नविलमा मर्ज गराउन शुरुमा लक्ष्मी बहादुर श्रेष्ठले पहल गरेको र एनसीसीको सेयर किनाउन निर्मल प्रधानको भूमिका रहेको बैंकका ठूला सेयरधनी बताउँछन् । विनोध चौधरीले श्रीमतीको नाममा करिब १० लाख कित्ता र अरुको नाममा करिव ८ लाख कित्ता सेयर किनेको आशंका गरिएको एक लगानीकर्ताले बताए ।
चौधरीको प्रवेशअघि बैंक सञ्चालक समितिमा को को जाने भन्नेमा चर्को प्रतिस्पर्धाको वतावरण रहेको तर चौधरीले सेयर किनेको देखिएपछि एकाएक बैंक सञ्चालक समिति चयनमा सर्वसहमतिको वातावरण बनेको स्रोतले बतायो ।
यो पनि पढ्नुहोस् :
भन्सार विभागले माघ १३ गतेदेखि एकद्वार प्रणाली लागू गर्ने
वि.सं.२०७७ माघ १० शनिवार १४:२०




















