बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति नेतृत्व विहीन
वि.सं.२०७७ माघ ६ मंगलवार १३:०५
2.9K
shares
काठमाडौं: बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति नेतृत्व विहीन बनेको छ ।
समितिका अध्यक्ष रहेका चिरञ्जीवी चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुष अन्तिम साता नै बीमा समितिबाट बाहिरिएका छन् ।
नेतृत्व रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने भएपनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन ।
अध्यक्षले गर्ने कामकारबाहीको जिम्मेवारी समेत नदिदा दैनिक कार्यहरु समेत प्रभावित भएका छन् ।
समितिको अध्यक्ष नै कार्यकारी भूमिकामा हुने भएकाले अध्यक्ष नहुँदा धेरै काम प्रभावित भएका छन् ।
समितिलाई आर्थिक क्षेत्रमा नेपाल राष्ट्र बैंकपछिको शक्तिशाली निकाय मानिन्छ ।
समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी प्रावधान छ ।
यसमा नियुक्ति पाउन योग्यताका साथसाथै राजनीतिक पहुँच पनि उत्तिकै आवश्यक मानिन्छ ।
वि.सं.२०७७ माघ ६ मंगलवार १३:०५


















