YouTube Link

राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको छ: राष्ट्र बैंक

Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले ६४औं वार्षिकोत्सवको अवसर पारी शनिबार अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको र अर्थतन्त्रमा उत्साह छाएको बताएको छ । राष्ट्र बैंकका अनुसार राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको बताएको छ ।

कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखिएको राष्ट्र बैंकको भनाई छ । वित्तीय पहुँच विस्तारका साथै कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ ।

पूर्वाधार बैंक स्थापना, ७२४ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति, बैंक निक्षेप तथा कर्जामा वृद्धि र शेयरबजारमा सुधारसमेतले उत्साह थपिएको भन्दै राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिको बाटोमा अघि बढेको नेपालको आर्थिक वृद्धिदर तीन वर्षसम्म ७ प्रतिशतको हाराहारीमा रहने भनेको छ ।

संघीय सरकारले गरेको कुलखर्च ५ खर्ब ९६ अर्ब ६२ करोडमध्ये चालु खर्च ४ खर्ब ४७ अर्ब ५५ करोड तथा पुँजीगत खर्च १ खर्ब ३ अर्ब ४९ करोड रहेको छ । त्यस्तै चैत मसान्तसम्ममा राजस्व संकलन १९ दशमलब ५ प्रतिशतले बढेर ६ खर्ब ४ अर्ब ६० करोड रुपैंयाँ पुगेको छ । चैतसम्ममा चालु खाता १ खर्ब ९१ अर्ब १२ करोड र शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने विदेशी विनिमय सञ्चिति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.७ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.६ प्रतिशतले बढेको छ । यो सातामात्रै ९१ अंकले उकालो लागेको शेयरबजार परिसूचक नेप्सेलाइ राष्ट्र बैंकले पूँजीबजारको गतिविधि स्थायित्वतर्फ उन्मुख भनेको छ । प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा वढाउने उद्देश्यले पुनरकर्जा कोषको सीमा वृद्धि गरी ५० अर्ब पुर्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...