YouTube Link

राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको छ: राष्ट्र बैंक

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले ६४औं वार्षिकोत्सवको अवसर पारी शनिबार अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको र अर्थतन्त्रमा उत्साह छाएको बताएको छ । राष्ट्र बैंकका अनुसार राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको बताएको छ ।

कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखिएको राष्ट्र बैंकको भनाई छ । वित्तीय पहुँच विस्तारका साथै कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ ।

पूर्वाधार बैंक स्थापना, ७२४ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति, बैंक निक्षेप तथा कर्जामा वृद्धि र शेयरबजारमा सुधारसमेतले उत्साह थपिएको भन्दै राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिको बाटोमा अघि बढेको नेपालको आर्थिक वृद्धिदर तीन वर्षसम्म ७ प्रतिशतको हाराहारीमा रहने भनेको छ ।

संघीय सरकारले गरेको कुलखर्च ५ खर्ब ९६ अर्ब ६२ करोडमध्ये चालु खर्च ४ खर्ब ४७ अर्ब ५५ करोड तथा पुँजीगत खर्च १ खर्ब ३ अर्ब ४९ करोड रहेको छ । त्यस्तै चैत मसान्तसम्ममा राजस्व संकलन १९ दशमलब ५ प्रतिशतले बढेर ६ खर्ब ४ अर्ब ६० करोड रुपैंयाँ पुगेको छ । चैतसम्ममा चालु खाता १ खर्ब ९१ अर्ब १२ करोड र शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने विदेशी विनिमय सञ्चिति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.७ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.६ प्रतिशतले बढेको छ । यो सातामात्रै ९१ अंकले उकालो लागेको शेयरबजार परिसूचक नेप्सेलाइ राष्ट्र बैंकले पूँजीबजारको गतिविधि स्थायित्वतर्फ उन्मुख भनेको छ । प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा वढाउने उद्देश्यले पुनरकर्जा कोषको सीमा वृद्धि गरी ५० अर्ब पुर्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...