Rajshow Bivag

सत्येन्द्रप्यारा श्रेष्ठलाई बैंकर्स संघको सम्मान

Departmant of helth services

काठमाडौं: नेपाल बैंकर्स संघले राष्ट्र बैंकका पूर्वगभर्नर तथा नबिल बैंकका पूर्वअध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ ।

संघले वार्षिक साधारणसभाबाट बैंकिङ क्षेत्रमा योगदान दिएकाहरु मध्येबाट एक जनालाई सम्मान गर्दै आएकामा यो वर्षको सम्मान श्रेष्ठलाई प्रदान गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई सम्मान गरेका हुन् । सम्मानित भएका पूर्वगभर्नर श्रेष्ठले अहिलेको अवस्थाबाट अर्थतन्त्रलाई उकास्न बचत र लगानी वृद्धि आवश्यक भएको यसका लागि बैंकिङ क्षेत्र एकजुट भएर लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको औंल्याए ।

संघको साधारणसभाले रिक्त रहेको उपाध्यक्ष पद र दुई सदस्य पद पनि पूर्ति गर्नेछ । संघको उपाध्यक्ष रहेको अनुकूल भट्नागर नेपाल एसबीआई बैंकमा कार्यकाल पूरा गरेर बाहिरिएपछि रिक्त थियो ।

उक्त पदका लागि खुलेको मनोनयनमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको मात्रै मनोनयन परेकाले उनी निर्विरोध निवार्चित हुने भएका छन् ।

यस्तै रिक्त भएको दुई कार्यकारी सदस्य पदमा पनि माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार दे को मात्रै आवेदन परेकाले उनीहरु पनि निर्विरोध निर्वाचित हुने संघले जनाएको छ ।

बैंकर्स संघलाई संघीय संरचनामा लैजान तथा कार्यविभाजन गर्नेलगायत एक दर्जनभन्दा बढी बुँदामा विधान संशोधन प्रस्तावसमेत साधारणसभामा पेस हुने संघले जनाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्बीच कर्जा सम्बन्धी सम्झौता

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

वि.सं.२०८० चैत १९ सोमवार ११:०१

  काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा...

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढेर १७५ पुग्यो

वि.सं.२०८० चैत १९ सोमवार ०७:२५

  काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ...

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...