YouTube Link

सत्येन्द्रप्यारा श्रेष्ठलाई बैंकर्स संघको सम्मान

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल बैंकर्स संघले राष्ट्र बैंकका पूर्वगभर्नर तथा नबिल बैंकका पूर्वअध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ ।

संघले वार्षिक साधारणसभाबाट बैंकिङ क्षेत्रमा योगदान दिएकाहरु मध्येबाट एक जनालाई सम्मान गर्दै आएकामा यो वर्षको सम्मान श्रेष्ठलाई प्रदान गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई सम्मान गरेका हुन् । सम्मानित भएका पूर्वगभर्नर श्रेष्ठले अहिलेको अवस्थाबाट अर्थतन्त्रलाई उकास्न बचत र लगानी वृद्धि आवश्यक भएको यसका लागि बैंकिङ क्षेत्र एकजुट भएर लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको औंल्याए ।

संघको साधारणसभाले रिक्त रहेको उपाध्यक्ष पद र दुई सदस्य पद पनि पूर्ति गर्नेछ । संघको उपाध्यक्ष रहेको अनुकूल भट्नागर नेपाल एसबीआई बैंकमा कार्यकाल पूरा गरेर बाहिरिएपछि रिक्त थियो ।

उक्त पदका लागि खुलेको मनोनयनमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको मात्रै मनोनयन परेकाले उनी निर्विरोध निवार्चित हुने भएका छन् ।

यस्तै रिक्त भएको दुई कार्यकारी सदस्य पदमा पनि माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार दे को मात्रै आवेदन परेकाले उनीहरु पनि निर्विरोध निर्वाचित हुने संघले जनाएको छ ।

बैंकर्स संघलाई संघीय संरचनामा लैजान तथा कार्यविभाजन गर्नेलगायत एक दर्जनभन्दा बढी बुँदामा विधान संशोधन प्रस्तावसमेत साधारणसभामा पेस हुने संघले जनाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्बीच कर्जा सम्बन्धी सम्झौता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...