नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते
वि.सं.२०७७ पुस ५ आइतवार १५:१४
2K
shares
काठमाडौं: नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते बोलाएको छ । बैंकले प्रस्तावित कुल ८ दशमलव ४२ प्रतिशत लाभांश उक्त दिन पारित गर्ने भएको छ ।
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११:३० बजे जुम र फेसबुक लाइभमार्फत सभा आयोजना गर्ने जनाएको छ । जुममार्फत सभामा सहभागी हुनेहरुलाई जुम आइडी र पासवर्ड उपलब्ध गराईने बैंकले जनाएको छ ।
सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ । नेपाल बङ्गलादेश बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
बुक क्लोजको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस ५ आइतवार १५:१४




















