तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
वि.सं.२०७७ पुस २ बिहीवार १२:४३
2K
shares
काठमाडौं: तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।
पुस १ गतेको बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले चुक्ता पुँजीको ६ प्रतिशतले हुने १० करोड ८७ लाख ८६ हजार ६३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले घटी हो । बैंकले आघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
बैंकको हाल चुक्तापूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस २ बिहीवार १२:४३




















