प्रभु बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत
वि.सं.२०७७ पुस १ बुधवार १३:४५
1.6K
shares
काठमाडौं: प्रभु बैंकले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले नेप्सेमा सार्वजनिक गरेको सुचनामा मंसिर ३० गते राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको उल्लेख गरेको छ ।
बैंकको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएसँगै आगामी साधारण सभाको लागि लाभांश प्रस्ताव पेश गर्ने बाटो खुला भएको छ । अब यो लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस १ बुधवार १३:४५




















