YouTube Link

ग्लोबल आईएमई लघुवित्तले हालसम्मकै उच्च लाभांश वितरण गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं:  ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले वितरण गरेको लाभांश भन्दा हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ ।

संस्थाले गत आवको नाफाबाट २७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी २८.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

ग्लोबल आईएमई लघुवित्तको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ । २७.४७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३३ करोड रुपैयाँ नाघ्ने छ ।

संस्थाले हालसम्म ५ वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिसकेको छ । संस्थाले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश (१७.५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद) वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५को १५.७८७५ प्रतिशत, २०७३/७४ को २१.०५ प्रतिशत, २०७२/७३ को २० प्रतिशत र २०७१/७२को १३.६८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%a8%e0%a4%86%e0%a4%88%e0%a4%b8%e0%a5%80-%e0%a4%8f%e0%a4%b6%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95-%e0%a4%b0-%e0%a4%8f%e0%a4%a8%e0%a4%b8%e0%a5%80%e0%a4%8f/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...