YouTube Link

एभेरष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो

Facebook Link

काठमाडौं:  एभेरष्ट बैंकको नाफा गतवर्ष भन्दा ५१.५४ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा ५१.५४ प्रतिशत कम हो ।

 

बैंकले गत आवको यसै अवधिमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको व्यवसाय विस्तार खुम्चँदा खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ।

 

बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन ५ अर्ब ६४ करोड ८२ लाख आम्दानीमध्ये वागमती प्रदेशमा ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८।९५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको कर्जा लगानी ३.३१ प्रतिशतले मात्र बढेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशत अर्थात ४० करोड ९२ लाख २१ हजार रुपैयाँले घटेको छ।

 

चालू आबको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.०३ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, आधारदर ७.०७ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकको यस्तो नाफा ३० करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

 

बैंकको जगेडा कोष गत असोज मसान्तको तुलनामा घटेर ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोष १८.६७ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप सङ्कलन ९ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसियो ७०.२७ प्रतिशत र नेटवर्थ प्रति शेयर १.७६ प्रतिशतले घटेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...