कुमारी बैंकको फोन लोन योजना सार्वजनिक
वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:५६
काठमाडौं: कुमारी बैंकले फोन लोन नामक योजना सार्वजनिक गरेको छ । बैंकमा तलब एकाउन्ट भएका सेवाग्राहीले फोनबाटै ऋण पाउने भएका छन् ।
बैंकका अनुसार ऋणीले आफूले पाउने ऋणको बारेमा कुमारी स्मार्ट मोबाइल एपमा गएर विस्तृत जानकारी लिन सक्नुका साथै ऋणका लागि निवेदनसमेत दिन सक्नेछन् । बैंकले तलब खाता भएका सेवाग्राहीले गरेको बैंकिङ कारोबारका आधारमा ऋण उपलब्ध गराउने छ ।
यसरी ऋण लिँदा ऋणको अवधि एक महिनाको मात्रै हुनेछ भने अधिकतम ऋण एक लाख रुपैयाँसम्म पाइने र कुनै पनि प्रकारका धितो राख्नुपर्ने छैन भने कानुनी कागजात पनि आवश्यक पर्ने छैन । एक पटक ऋण लिएर समयमै ऋण चुक्ता गरेको खण्डमा ग्राहकले पुन दोहोर्याएर ऋण लिन सक्ने बैंकले जनाएको छ ।
यसरी ऋण लिँदा ऋणीले १२ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ भने माग गरिएको ऋणको १.२५ प्रतिशत रकम बैंकले प्रोसेसिङ शुल्कको रूपमा काट्ने छ ।
वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:५६