हिमालयन बैंकको कार्तिक १४ गते सबै शाखा कार्यालयहरु बन्द
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १८:१८
1.9K
shares
काठमाडौं: हिमालयन बैंकको सबै शाखा कार्यालयहरु कार्तिक १४ गते शुक्रबार बन्द हुने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गरी बैंकका सम्पूर्ण शाखाहरु उक्त एक दिनको लागि पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।
बैंकको सिस्टम अपग्रेडेशन हुन गइरहेकोले बैंकले सबै शाखा बन्द गर्न लागेको हो । यो अवधिमा बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटीएम सेवा भने सुचारु हुने बैंकले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १८:१८


















