नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण शेयर जारी गर्दै
वि.सं.२०७७ कात्तिक ५ बुधवार १५:१३
काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ जारी गर्नका लागि साधारणसभा (एजिएम) बोलाएको छ ।
साधारणसभाले आइपिओ जारी गर्न स्वीकृत दिए लगतै ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने तयारीमा छ ।
इन्फ्रास्ट्रक्चर बैंकले एजिएमबाट स्वीकृति लिन मंसिर ३ गते साधारणसभा गर्न लागेको हो । बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ छ । यसको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने छ ।
यसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १५:१३