YouTube Link

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले फेसबुकसँग साझेदारी

Facebook Link

काठमाण्डौं:  नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले फेसबुकसँग साझेदारी गरेको छ। वर्ल्डलिंकले आफ्नो प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभिटी (जडान) गर्न साझेदारी घोषणा गरेको हो।

वर्ल्डलिंकले सन् २०१८ देखि १० हजार सार्वजनिक ठाउँमार्फत ५ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क वाईफाई सेवा दिईरहेको छ । वर्ल्डलिंकका अनुसार एक्सप्रेस वाईफाईले वर्ल्डलिंकको नेपालभर अवस्थित १० हजार वाईफाई हटस्पटमध्य ७ हजार ५ सय वाईफाई हटस्पटलाई सहयोग र बलियो बनाउनेछ।

यो सेवाले निम्न वर्ग र कनेक्सन कम भएको ठाउँमा वाईफाई सर्भिस सञ्चालन गर्न सहयोग गर्ने र यसलाई दिर्घकालिन योजनाका रुपमा अगाडि बढाउन फेसबुकसँग सहकार्य गरेको कम्पनीले जनाएको छ। सहकार्यसँगै वर्ल्डलिंक नेपालभर सार्वजनिक क्षेत्रमा इन्टरनेट सेवाहरुको दिगो विस्तार गर्नका लागि अझ सबल बनेको छ।

सन् २०३३ सम्ममा मुलुकमा ३० हजार ठाउँमा सार्वजनिक वाईफाई सञ्चालन गर्ने योजना वर्ल्डलिंकको छ। साझेदारीका माध्यमबाट वर्ल्डलिंकले फेसबुक कनेक्टिभिटीको एक्सप्रेसको प्लेटफर्ममार्फत नेपालको वाईफाईको वर्तमान अवस्थामा अझ सुधारका लागि निर्माण, सञ्चालन र वृद्धिका लागि सहयोग गर्ने जनाएको छ।

सन् १९९५ मा सुरु भएर दुई वर्षपछि इमेल, १९९९ मा भिस्याट हुँदै सन् २००० देखि काठमाण्डौं बाहिरबाट समेत इन्टरनेट सेवा अघि बढाएको वर्ल्डलिंक सुचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी र सबैभन्दा धेरै रोजगारी दिने कम्पनी हो। मुलुकमा खपत हुने कुल ब्यान्डविथमध्ये ४३ प्रतिशत हिस्सा ओगेटेको वर्ल्डलिंक  आर्थिक वर्ष २०७६/७७ मा १० औं ठूलो करदाता कम्पनी पनि हो।

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...