ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सम्झौता
वि.सं.२०७७ असोज २१ बुधवार १८:०९
1.5K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई IME Pay Digital Wallet को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार १८:०९



















