YouTube Link

एनआईसी एशिया बैंक नागरिक पेन्सन योजनामा Exclusive Banking Partner को रुपमा नियुक्त

Facebook Link

काठमाडौं: एनआईसी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा Exclusive Banking Partner को रुपमा नियुक्त भएको छ ।

यस सम्बन्धमा बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गर्नु भएको छ ।

सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस उत्कृष्ट ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको हो । उक्त योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बैंकले विश्वास लिएको छ ।

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्ने छन ।

‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

सर्वाधिक ग्राहक संख्या, देशैभरी रहेका शाखाहरू तथा विस्तारित काउण्टरहरू एवं डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको तथा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ ।

यस बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ ।

साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको छ ।

बैंक र कोषबीच भएको यस ऐतिहासिक समझदारीको अवसरमा सम्पूर्ण नेपाली नगारिकहरूलाई उक्त ऐतिहासिक पेन्सन योजनामा आबद्ध भई आफ्नो भविष्यलाई सुरक्षित बनाउन बैंकले आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...