सनराइज बैंकद्वारा डिजिटल टेलर सेवा सुरु
वि.सं.२०७७ असोज ८ बिहीवार १७:३९
1.5K
shares
काठमाडौं: सनराइज बैंकले डिजिटल टेलर सेवा सुरु गरेसंगै बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ ।
बैंकले यस सेवाको सुरुवात गरेसँगै बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।
यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी १ दिनमा एक लाख रुपैयाँ र प्रतिमहिनामा १० लाख रुपैयाँ सम्म नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार १७:३९



















