Rajshow Bivag

यती एअरलाइन्सद्वारा आन्तरिक हवाई सेवा सुरु

Departmant of helth services

काठमाण्डौं: सरकारले सोमबारबाट एअरलाइन्स कम्पनीहरुलाई २५ प्रतिशतसम्म उडानको अनुमति दिएसंगै झन्डै ६ महिनापछि सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ।

निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्थाको रुपमा रहेको यती एअरलाइन्सले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि उच्च सर्तकता अपनाएर हवाई उडान सुरु गरेको छ।

एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा पत्रकार सम्मेलन गरी हवाई उडान सुरु गरेको जानकारी गराएको हो। यससँगै पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि ‘आन्तरिक पर्यटनका लागि सँगैसँगै’ भन्ने नारालाई अगाडि सारेको यती एअरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको छ।

प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाण्डौ आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित बस्ने होटलको व्यवस्था मिलाएको एअरलाइन्सले जनाएको छ।

‘अब एअरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने सन्देश आम यात्रुलाई दिनका लागि भ्रमण प्याकेज खरिद गर्ने पहिलो १०० जना खरिदकर्ता यात्रुलाई आकर्षक उपहार प्रदान गर्नुका साथै भ्रमण प्याकेज खरिदकर्ता यात्रुले सप्ताहव्यापी ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार प्राप्त गर्नसक्ने यती एअरलाइन्सले जनाएको छ।

यती एअरलाइन्सले आफ्नो २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप’ समेत सञ्चालनमा ल्याएको छ। अब मोबाइल एपको माध्यामबाट टिकट बुकिङ गरे विशेष छुटको व्यवस्थासमेत लिन सकिने एअरलाइन्सले जनाएको छ। यती यती एअरलाइन्सले यात्रालाई सुरक्षित राख्न हरेक प्रयोगपश्चात वायुयान, यात्रु ओसारपसार गर्ने सवारीसाधन, ब्यागेज ट्रली तथा उपकरणको अनिवार्य निसंक्रमण गर्ने, कार्गो तथा लगेजहरुको आवश्यकताअनुसार निसंक्रमण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६

  काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण

वि.सं.२०८१ वैशाख २ आइतवार १४:४३

  काठमाडौं: अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका...

खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू,  १६ मुलुकका ३२४ धावकहरू सहभागी

खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू,  १६ मुलुकका ३२४ धावकहरू सहभागी

वि.सं.२०८० चैत २४ शनिवार ०८:०४

  काठमाडौं: खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल...