YouTube Link

नेपाली बजारमा हस्कभर्नाका दुई बाइक भित्रिय

Facebook Link

काठमाडौं: नेपाली बजारमा डिजिटल माध्यमबाट हस्कभर्नाका दुई बाइक हस्कभर्ना ट्विन्स अर्थात भिटपिलेन २५० र स्भार्टपिलेन २५० लन्च गरिएको छ ।

स्विडिस ब्रान्डको हस्कभर्ना बहुप्रतीक्षित यी दुई बाइकको नेपाली बजारका लागि हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले लन्चिङ सम्पन्न गरेको हो । हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा केटीएमका बाइक बिक्री-वितरण गरिरहेको छ । कम्पनीले केटीएम र हस्कभर्ना दुवै ब्रान्ड बिक्री गर्नका लागि सोरुमलाई अपग्रेड गरेको जनाएको छ ।

हस्कभर्ना स्भार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न भएको कम्पनीले जनाएको छ ।

स्भार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ । यो अन र अफ-रोड दुवै यात्राहरूको लागि उपयुक्त छ । भिटपिलेन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिङ पोजिसन छ ।

२५० सीसीले फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड सिंगल सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गर्दछ, जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । जसले गतिशीलता र रोमाञ्चले भरिएको सवारीको अनुभव दिन्छ ।

कम्प्याक्ट चेसिस डिजाइन, डब्ल्युपी सस्पेन्सन र प्रिमियम गुणस्तरको कम्पोनेन्टहरूको साथ, हस्कभर्ना ट्विन्सले डायनामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीको दावी छ । यी दुवै बाइकको मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हस्कभर्ना विश्वको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो र यो सन् १९०३ देखि निरन्तर उत्पादन भइरहेको छ । यसले मोटोक्रस रेसिङमा संसारमा वर्षौको आफ्नो अधिपत्य जमाउँदै आएको छ । आफ्नो अभूतपूर्व स्विडिस निर्माण र शिल्पकौशलका साथ प्रिमियम उच्च प्रदर्शन मेसिनहरु उत्पादन गर्नको लागि पश्चिमी विश्वमा यसले आइकनिक स्थान हासिल गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...