YouTube Link

नेपाली बजारमा हस्कभर्नाका दुई बाइक भित्रिय

Facebook Link

काठमाडौं: नेपाली बजारमा डिजिटल माध्यमबाट हस्कभर्नाका दुई बाइक हस्कभर्ना ट्विन्स अर्थात भिटपिलेन २५० र स्भार्टपिलेन २५० लन्च गरिएको छ ।

स्विडिस ब्रान्डको हस्कभर्ना बहुप्रतीक्षित यी दुई बाइकको नेपाली बजारका लागि हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले लन्चिङ सम्पन्न गरेको हो । हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली बजारमा केटीएमका बाइक बिक्री-वितरण गरिरहेको छ । कम्पनीले केटीएम र हस्कभर्ना दुवै ब्रान्ड बिक्री गर्नका लागि सोरुमलाई अपग्रेड गरेको जनाएको छ ।

हस्कभर्ना स्भार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न भएको कम्पनीले जनाएको छ ।

स्भार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ । यो अन र अफ-रोड दुवै यात्राहरूको लागि उपयुक्त छ । भिटपिलेन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिङ पोजिसन छ ।

२५० सीसीले फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड सिंगल सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गर्दछ, जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । जसले गतिशीलता र रोमाञ्चले भरिएको सवारीको अनुभव दिन्छ ।

कम्प्याक्ट चेसिस डिजाइन, डब्ल्युपी सस्पेन्सन र प्रिमियम गुणस्तरको कम्पोनेन्टहरूको साथ, हस्कभर्ना ट्विन्सले डायनामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीको दावी छ । यी दुवै बाइकको मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हस्कभर्ना विश्वको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो र यो सन् १९०३ देखि निरन्तर उत्पादन भइरहेको छ । यसले मोटोक्रस रेसिङमा संसारमा वर्षौको आफ्नो अधिपत्य जमाउँदै आएको छ । आफ्नो अभूतपूर्व स्विडिस निर्माण र शिल्पकौशलका साथ प्रिमियम उच्च प्रदर्शन मेसिनहरु उत्पादन गर्नको लागि पश्चिमी विश्वमा यसले आइकनिक स्थान हासिल गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...