लक्ष्मी बैंकको छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर विस्तार
वि.सं.२०७७ साउन २९ बिहीवार १९:०८
1.4K
shares
काठमाडौं: लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ ।
बैंकको छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका-वडा न. ३, जाफेमा र सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका-वडा न. ८, सुनखानीमा रहेको छ ।
यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय २१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १ सय ५१ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
वि.सं.२०७७ साउन २९ बिहीवार १९:०८




















