YouTube Link

बैंक अफ काठमाण्डू लिमिटेडको नाफा घट्यो

Facebook Link

काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घटेको छ ।

बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष भन्दा २२.२१ प्रतिशत कम अर्थात १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा वितरण योग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा खुम्चिएको छ । बैंकको ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख रुपैयाँ र सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड रहेको थियो भने जगेडा कोष ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । असार मसान्तसम्ममा ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले कर्जा प्रवाह बापत ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड ७० लाख रुपैयाँ कम हो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६२ करोड ९६ लाख रुपैयाँ घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ । बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...