पत्रकार बलराम बानियाँ मृत फेला
वि.सं.२०७७ साउन २८ बुधवार १४:५८
1.5K
shares
काठमाडौं: गत सोमबारदेखि बेपत्ता कान्तिपुरमा कार्यरत पत्रकार बलराम बानियाँको शब मकवानपुरमा भेटिएको छ ।
दुई दशकदेखि प्रशासनिक क्षेत्रमा कलाम चलाउँदै आएका बानियाँ हराएको विषयमा प्रहरीमा उजुरी परेको थियो । बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो ।
बानियाँ नेपाल पत्रकार महासंघका पूर्व सचिब हुन् । उनको शव पोष्ट मार्टमका लागि अस्पताल लगिएको छ ।
वि.सं.२०७७ साउन २८ बुधवार १४:५८



















