नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापत रकम हस्तान्तरण
वि.सं.२०७७ साउन २५ आइतवार १४:३४
2K
shares
काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक कमलराज लम्सालको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्सालको परिवारलाई बीमा दाबी वापत १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीलेको शाखा कार्यालय नारायनगढमा कमलराज लम्सालले १ करोड ४ लाख ५० हजार रुपैयाँको सुरक्षित बीमा अन्तर्गत अर्धवार्षिक प्रिमियम ६ किस्ता वापत ३३ लाख २० हजार ३ सय १० रुपैयाँ भुक्तानी गरेका थिए ।
लम्सालको यही असार ९ गते दुर्घट्नामा परी मृत्यु भएको दावी वापतको १ करोड ४ लाख ५० हजार दोहोरो दुर्घट्ना लाभ वापत, ५० लाख र आर्जित २० लाख ३७ हजार ७ सय ५० गरी जम्मा १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँको चेक उनको श्रीमति संगिता लम्साललाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
उक्त दावी वापतको रकम शाखा प्रमुख अनन्त अधिकारीले हस्तान्तरण गर्नु भएको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १४:३४


















