बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ
वि.सं.२०७७ साउन २५ आइतवार १४:४९
1.2K
shares
काठमाडौं: बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाल रहेका छन् ।
रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएका थिए ।
पुरुषलाई बोक्सीको आरोप लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने बुद्धि र यममायालाई पक्राउ गरेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार १४:४९




















