YouTube Link

कोरोना सन्त्रासकैबीच बैंकहरुले ल्याए ग्राहक लक्षित विभिन्न स्कीमहरु

Facebook Link

काठमाडौं: कोरोना सन्त्रासकाबीच कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले घरजग्गा जोड्न तथा नयाँ व्यापार व्यवसाय गर्न चाहने ग्राहकहरुलाई लक्षित गरि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ‘घर जग्गा कर्जा’ र ‘नयाँ साना तथा मझौला उद्योग कर्जा’ योजना सार्वजनिक गरेका छन् ।

नबिल बैंक

सेवाग्राहीहरुलाई लक्षित गरी नबिल बैंकले ७.९९ प्रतिशत व्याजदरमा घर कर्जाका साथै साना तथा मझौला कर्जा दिने भएको छ ।

ग्लोबल आइएमई बैंक

व्यवसायीहरुलाई सहुलियतमा ग्लोबल आइएमई बैंकले विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म ८.९९ प्रतिशत व्याजदरमा एसएमई कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले साउन १५ गतेदेखि कार्तिक १४ गतेसम्म लागु हुने गरि ८.२५ प्रतिशत व्याजदरमा घर कर्जाका साथै साना तथा मझौला उद्योग कर्जा दिने भएको छ ।

हिमालयन बैंक

आफ्ना ग्राहकहरुलाई लक्षित गरी हिमालयन बैंकले पनि दश वर्षको अवधिसम्मका लागि न्युनतम पाँच लाख देखि ६ करोड रुपैयाँसम्म ८.४९ प्रतिशत व्याज दरमा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जा दिने भएको छ ।

कर्जा योजना अन्तर्गत बैंकले व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहनुका साथै ग्राहकहरुले एक वर्ष निःशुल्क क्रेडिट कार्डको सुबिधा पाउने भएका छन् । उक्त योजनामा घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको बैंकले जनाएको छ ।

सनराइज बैंक

यसैगरी सनराइज बैंकले ८.९५ प्रतिशत व्याजदरमा सनराइज घर कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत सेवाग्राहीले ४० वर्ष सम्मको अवधिका लागि घर निर्माणका साथै घर तथा जग्गा खरिदको लागि ऋण दिने व्यवस्था गरेको छ ।

नेपाल एसबिआई बैंक

यसैबीच नेपाल एसबिआई बैंकले साउन १ गतेबाट लागू हुने गरि १४.२५ प्रतिशत व्याजदरमा एसएमई र होम लोन दिएको छ ।

महालक्ष्मी विकास बैंक

उद्यमशील कर्जा अन्तर्गत महालक्ष्मी विकास बैंकले घर खरिद तथा निर्माण गर्न इच्छुक र उद्यम गर्न चाहने ग्राहकलाई ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ ।

आवास कर्जा योजना अन्तर्गत निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष र दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...