YouTube Link

कोरोना सन्त्रासकैबीच बैंकहरुले ल्याए ग्राहक लक्षित विभिन्न स्कीमहरु

Facebook Link

काठमाडौं: कोरोना सन्त्रासकाबीच कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले घरजग्गा जोड्न तथा नयाँ व्यापार व्यवसाय गर्न चाहने ग्राहकहरुलाई लक्षित गरि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ‘घर जग्गा कर्जा’ र ‘नयाँ साना तथा मझौला उद्योग कर्जा’ योजना सार्वजनिक गरेका छन् ।

नबिल बैंक

सेवाग्राहीहरुलाई लक्षित गरी नबिल बैंकले ७.९९ प्रतिशत व्याजदरमा घर कर्जाका साथै साना तथा मझौला कर्जा दिने भएको छ ।

ग्लोबल आइएमई बैंक

व्यवसायीहरुलाई सहुलियतमा ग्लोबल आइएमई बैंकले विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाखदेखि १ करोड रुपैयाँसम्म ८.९९ प्रतिशत व्याजदरमा एसएमई कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले साउन १५ गतेदेखि कार्तिक १४ गतेसम्म लागु हुने गरि ८.२५ प्रतिशत व्याजदरमा घर कर्जाका साथै साना तथा मझौला उद्योग कर्जा दिने भएको छ ।

हिमालयन बैंक

आफ्ना ग्राहकहरुलाई लक्षित गरी हिमालयन बैंकले पनि दश वर्षको अवधिसम्मका लागि न्युनतम पाँच लाख देखि ६ करोड रुपैयाँसम्म ८.४९ प्रतिशत व्याज दरमा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जा दिने भएको छ ।

कर्जा योजना अन्तर्गत बैंकले व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहनुका साथै ग्राहकहरुले एक वर्ष निःशुल्क क्रेडिट कार्डको सुबिधा पाउने भएका छन् । उक्त योजनामा घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको बैंकले जनाएको छ ।

सनराइज बैंक

यसैगरी सनराइज बैंकले ८.९५ प्रतिशत व्याजदरमा सनराइज घर कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत सेवाग्राहीले ४० वर्ष सम्मको अवधिका लागि घर निर्माणका साथै घर तथा जग्गा खरिदको लागि ऋण दिने व्यवस्था गरेको छ ।

नेपाल एसबिआई बैंक

यसैबीच नेपाल एसबिआई बैंकले साउन १ गतेबाट लागू हुने गरि १४.२५ प्रतिशत व्याजदरमा एसएमई र होम लोन दिएको छ ।

महालक्ष्मी विकास बैंक

उद्यमशील कर्जा अन्तर्गत महालक्ष्मी विकास बैंकले घर खरिद तथा निर्माण गर्न इच्छुक र उद्यम गर्न चाहने ग्राहकलाई ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ ।

आवास कर्जा योजना अन्तर्गत निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष र दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...