साउन १९ बाट प्रभु बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने
वि.सं.२०७७ साउन ११ आइतवार १४:०४
1.3K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले साउन १९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने निर्णय गरेको छ ।
प्रभु बैंक लिमिटेडले प्रति कित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र वार्षिक १० प्रतिशत ब्याजदरमा बिक्री गर्न लागेको छ । साउन २३ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सकिने बैकंले बताएको छ ।
बैंकले निष्काशन गर्ने कुल ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने बताएको छ ।
बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको कुल ऋणपत्र मध्ये ४० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ७ लाख ६० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने छ । ईच्छुक लगानीकर्ताले २५ देखि ३ लाख कित्ताका लागि आवेदन दिन सक्ने बैकंले बताएको छ ।
८ वर्षको ऋणपत्रमा वार्षिक १० प्रतिशतको दरमा बैंकले ब्याजदर भुक्तानी गर्ने छ भने ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
वि.सं.२०७७ साउन ११ आइतवार १४:०४




















