YouTube Link

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा चैतमा गरेपनि फरक पर्दैनः चन्द्रप्रसाद ढकाल

Facebook Link

 

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गते हुने साधारणसभा तत्काललाई स्थगन भएसँगै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहले विरोध जनाएको छ ।

 

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले साधारणसभाका लागि सरकारलाई दिईएको निवेदनको जवाफ नआई हतारहतार निर्णय गरिएकोप्रति आपत्ति जनाएका छन्  ।

 

५५ वर्षको गौरवशाली संस्थाको गरिमा र साख राख्न साधारणसभा समयमै गर्नुपर्ने धारणा राख्दै पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिस्तिबाट महासंघ इतिहासमै कमजोर अवस्थामा पुगेको ढकालको भनाई छ ।

 

ढकालले महासंघको साधरणसभापछि आफु कार्यकारी अधिकार भएको पोस्टमा नपुग्ने हुँदा साधरणसभाबाट कुनै ठूलो लाभ र व्याक्तिगत महत्वाकांक्षा नरहेका कारण साधारणसभा चैतमा गरेपनि फरक नपर्ने धारणा राखेका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा पूर्णरुपमा स्वास्थ्य सम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भन्ने राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्य भन्दा महासंघ ठूलो हुन सक्दैन भन्दै हतोत्साही बनाउने प्रयास भएको ढकालको दावी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...