आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर
वि.सं.२०७७ साउन ३ शनिवार ०८:५५
1.4K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले शनिबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
वि.सं.२०७७ साउन ३ शनिवार ०८:५५




















