YouTube Link

नेपाल आयल निगमको २ खर्ब ४० अर्बको कारोबार, यसपालि झनै घटेको छः कार्यकारी निर्देशक पौडेल

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरिएको दावी गरेको छ ।

निगमले आइतबार पत्रकार सम्मेलन गरी स्वचालित मूल्य प्रणाली कुल्चेर मूल्य वृद्धि नगरेको दावी गरेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले चालु आर्थिक वर्षमा १० पटक मूल्य समायोजन गरेको भन्दै पछिल्लो समय स्वचालित मूल्य प्रणाली अनुसार नै मूल्य समायोजन गरेको बताए ।

असार महिनामा समग्रमा निगमलाई ५० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरेसँगै निगमले उपभोक्तामूखी भएर पेट्रोलियम पदार्थको मूल्य हल्का बढाएको बताएको छ ।

पछिल्लो समय निगमले काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय २ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको मूल्य ८८ रुपैयाँ प्रतिलिटर पुर्याइएको छ । साथै नेपालमा भन्दा भारतमा पेट्रोलियम पर्दाथको मुल्य सस्तो भएको कारण चोरी निकासी हुने भएकाले पनि मुल्य बढाउनु परेको निगमको भनाई छ ।

२ खर्ब ४० अर्बको कारोबार

नेपाल आयल निगमले यसपालि २ खर्ब ४० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको कारोबार गरेको छ । निगमले सो कारोबार वापत १० अर्ब ८६ करोड रुपैयाँ नाफा आर्जन गर्ने देखिन्छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार निगमको कारोबार यसपालि झनै घटेको छ । ‘गत आर्थिक वर्षमा २ खर्ब ७६ अर्बको कारोबार भएको थियो, यसपालि ४ प्रतिशत जतिले घटेर २ खर्ब ४० अर्ब रुपैयाँको कारोबार हुने देखिएको छ ।’, निगमका कार्यकारी निर्देशक पौडेलले भने ।

निगमले पत्रकार सम्मेलन गरेरै चालु आव २०७६/७७ मा गरिएका कामहरुको विवरण सार्वजनिक गरेको हो । निगमले यसपालि इण्डिया आयल कर्पोरेशनसँग एक खर्ब ४७ अर्ब रुपैयाँ बराबरको इन्धन खरिद गरेको छ ।

जुन गत आव २०७५/७६ मा एक खर्ब ९२ अर्ब रुपैयाँ थियो । निगमले पेट्रोलियम कारोबारबाट यसपालि सरकारलाई ६५ अर्ब रुपैयाँ राजश्व बुझाउँदैछ । निगमसँग सरकारले बिभिन्न ६ शिर्षकमा कर तथा राजश्व उठाउँदै आएको छ ।

निगमले यसपालि १५ अर्ब १३ करोड रुपैयाँ भन्सार तिरेको छ भने सडक मर्मत शुल्क ५ अर्ब २ करोड रुपैयाँ बुझाएको छ । वातावरण शुल्क ३ अर्ब एक करोड रुपैयाँ बुझाउँदा पूर्वाधार विकास कर २५ अर्ब ५२ करोड रुपैया तिरेको छ ।

त्यस्तै, संस्थागत आयकर तर्फ पनि निगमले ३ अर्ब ८५ करोड रुपैयाँ बुझाएको छ । पाँच वर्षको नाफा निगमले पाँच वर्षमा ५२ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । निगमले आव २०७२/७३ देखि हालसम्ममा ५२ अर्ब रुपैयाँ नाफा आर्जन गरेको हो ।

२०७२/७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमले २०७३/७४ मा ९ अर्ब ४५ करोड, २०७४/७५ मा ३ अर्ब ५८ करोड र आव २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको थियो । चालु आव २०७६/७७ मा भने निगमले १० अर्ब ८६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...