एनएमबि बैंकले शुरु गर्यो एनएमबि ग्रिन फिक्सड डिपोजिट
वि.सं.२०७७ असार २३ मंगलवार २३:५७
1.2K
shares
काठमाडौं: एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ । जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्ध गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १००% कर्जा प्रदान गर्नेछ ।
बैंकले जारी गरेको विज्ञप्तिमा एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने सचेत प्रयास भएको जनाएको छ । यस योजनाले बैंकको मुल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जसले सुरक्षित तुल्याउन सहयोग गर्नेछ ।
वि.सं.२०७७ असार २३ मंगलवार २३:५७




















