मकाउमा नेपाली सहयोगी हातहरु नामक सस्थाको स्थापना
वि.सं.२०७७ वैशाख १५ सोमवार १६:१७
1.8K
shares
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड –१९ कोरोना भाइरस संक्रमणको कारण विश्व त्रासदी अवस्थामा गुज्रिरहेको छ ।विश्वका थुप्रै नागरिक आतंकित छन् । यहि संवेदनशील अवस्थालाइ मध्यनजर गर्दै चिनको प्रशासनिक क्षेत्र मकाउमा रहेका नेपालीले, नेपाली सहयोगी हातहरु नामक सस्थाको स्थापना गरेका छन् । मकाउमा बसोबास गर्दै आएका नेपालीलाई कुनैपनि समयमा आइपर्नै समस्या र कठिनाईलाई मिलेर सामना गर्न, आपसी एकता सहकार्यलाई प्रमुख प्राथमिकतामा राखेर कार्य गर्ने उदेश्यका संस्था स्थापना गरिएको संस्थाले जानकारी दिएको छ ।

संस्थाको आधिकारिक घोषणा कार्यक्रमको उद्घाटन गर्दै मकाउमा बसोबास गर्दै आएका ब्यबसायी उदय वाग्ले तथा सुदर्शन थापामगरले सबैको सहकार्यबाट मात्रै नागरिकका समस्या समाधान सम्भव छ भन्ने उदेश्यका साथ निस्वार्थ सेवाभाबमा बिभेद रहित ढंगले सामाजिक कार्यमा संस्थाका पदाधिकारी सक्रिय हुने प्रतिबद्धता जाहेर गरेका छन् । मकाउ र त्यस वरपर बस्ने कुनैपनि नेपाली समस्या परे निर्धक्क भएर संस्थाको सम्पर्कमा आएमा संस्थाले सहयोग गर्ने जनाइएको छ । नेपालीलाइ परेका समस्या समाधानमा संस्थाले संचालक समिति गठन गरी कार्य अगाडी बढाएको छ । समितिको निर्देशकमा समाजसेवी उदय बाग्ले रहेका छन् भने कार्यसमितिमा सुदर्सन थापामगर, महासचिब तथा सुचना अधिकारी र बजार व्यवस्थापकीयमा रमेश अधीकारी कोषाध्यक्षमा शमशेर थापा र सह-कोषाध्यक्षमा सन्जिब कोयी रहेका छन् ।त्यसैगरी संस्थामा पाँच जनाको समुहमा आपत्कालिन उद्दार सदस्य चयन गरिएको छ। सदस्यमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दिपक थापा र रोजन लामा छन् ।

उद्घाटन कार्यक्रममा निर्देशक वाग्लेले संस्थाको उज्जल भविश्यको कामना गर्दै मकाउ दश हजार डलर “नेपाली सहयोगी हातहरु” लाई हस्तान्तरण गरेका छन् । निर्देशक वाग्लेले केहि दिनमै दश हजार सर्जिकल माक्स र सेनिटाइजर समितिलाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् । कोरोना भाइरसबाट विश्व मानब जगतले छुटकारा पाओस भन्ने कामना गर्दै नेपाली मन र नेपाली पनको साथ नेपालीहरुलाई मकाउमाआइपर्ने सामाजिक दुर्घटना, अर्थिक, स्वस्थ, रोजगार लगायतको सम्पूर्ण समस्याको समाधान गर्न कटिबद्ध भएर लाग्न “नेपाली सहयोगी हात नामक संस्थाको स्थापना गरीएको जनाइएको छ ।
वि.सं.२०७७ वैशाख १५ सोमवार १६:१७




















