YouTube Link

चिनियाँ रक्षामन्त्री वेइ फेंगहे नेपाल आइपुगे

World Cup 2026
Facebook Link

काठमाडौं:  चिनियाँ रक्षामन्त्री वेइ फेंगहे नेपाल आइपुगेका छन् । २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी  बिहान १० : ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

 

केही घण्टाका लागि काठमाडौं आएका उनले भ्रमणका क्रममा राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

उनी विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जानेछन् । दूतावासमा दिवा भोजपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन्। त्यहाँ उनले रक्षा क्षेत्रमा सहयोग घोषणा गर्नसक्ने बताइएको छ। चीनले सन् २०१८ र २०१९ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको सैन्य सहयोग गरिसकेको छ।

 

उनले दिउँसो २ बजे प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ ।  जंगीअड्डामा नेपाली सेनाको टोलीले फेंगहेलाई सम्मानगारथ अर्पण गर्ने छ । चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

 

त्यस लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

 

चिनियाँ रक्षामन्त्री फेंगहे आजै साँझ स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19696/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...