Rajshow Bivag

धुम्बाराहीमा बोलाएर ईश्वर र विष्णुलाई के भने प्रचण्डले ?

Departmant of helth services

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक कलहलाई मिलाउने कोशिस पार्टी भित्री र बाहिरी रुपमा भईरहेको छ ।

पार्टीभित्रका नेताहरुले आफ्नो नेतृत्वलाई झकझक्याउने काम गरिरहेका छन् भने विदेशी शक्तिहरु पनि यसबीचमा सल्बलाईरहेको छ ।

त्यस्तै नेकपा फुटाउने पक्षमा केही देशी तथा विदेशी शक्तिहरु लागिरहेका पनि छन् ।

मंगलबार बेलुका नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिईन ।

त्यसलगत्रै भालिपल्ट बिहान ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिन ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार दिउसो १ बजेका लागि पार्टी सचिवालयको वैठक बोलाईएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको वैठक बोलाएपछि त्यसले नेकपामा तरंग उत्पन्न गराएको थियो ।

पार्टी फुट्ने हल्लाले त्यसदिन राजनीतिक माहोल तताएको थियो ।

तर, त्यसबेला प्रधानमन्त्री ओलीलाई संयमता अपनाउन ओली निकटका नेताहरुले सम्झाएको र अर्का कार्यकारी अध्यक्ष प्रचण्ड तथा वष्रिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरुले गरेको विभिन्न कसरतले नेकपा फुट्नबाट जोगिएको थियो । नत्र त्यही दिन गर या मरको अवस्थामा ओली प्रस्तुत हुने दृष्यि सबैले देखिसकेका थिए ।

बुधबारको परिदृष्यलाई नेकपामा दोस्रो पुस्ताका नेताहरुले सल्टाउने काम त गरे तर अझै पनि संकट टर्न सकेको छैन ।

सचिवालय वैठकबाट प्रधानमन्त्री ओलीले माग गरेअनुरुप १० दिन समय दिएको छ । यो १० दिनभित्र के कस्तो खिचडी पाक्ने हो त्यो अहिल्यै भन्न सक्ने अवस्था छैन ।

पार्टीभित्र देखिएको यही आन्तरिक कलहलाई मिलाउनको लागि अहिले कार्यकारी अध्यक्ष दाहाल दौडधुपमा लागेका छन् ।

आज मात्रै दाहालले प्रधानमन्त्री ओलीका विश्वासपात्र ईश्वर पोखरेल र महासचिव विष्णु वपौडेलललाई पार्टी कार्यलय धुम्बाराहीमा बोलाएर परामर्श गरेका छन् ।

विशेषतः ओलीको विषेश दूतका रुपमा चिनिने पोखरेल र पौडेललाई बोलाएर भेट गर्नुलाई नेकपाभित्र निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कार्यकारी अध्यक्षसँग भेट गरेपछि पार्टी महासचिव पौडेलले परिस्थिति धेरै गम्भीर रहेको बताएका छन् । जुन कुरा नेकपाका लागि पक्कै सुखदायी होईन ।

ओली पक्षले यो भन्दा अगाडीमो वैठकमा प्रचण्डले पेश गरेको ३३ वुँदे आरोपपत्र फिर्ता गर्न आग्रह गरेको छ ।

जुन दाहालपक्षले ग्रहण गरिसकेको अवस्था छैन । त्यसैकारण आगामी १३ गते बस्ने सचिवालयको वैठकमा ओलीले जवाफदिने बताएका छन् । आगे के हुन्छ प्रतिक्षा गरौ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...