YouTube Link

कर्णालीका मुख्यमन्त्री शाहीमाथि दर्ता भएको अविश्वासको प्रस्तावमा ब्रेक !

Facebook Link

काठमाडौं : लामो रस्साकस्सीपछि अन्ततः मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ‘कु’ मा ब्रेक लागेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा एकाएक ब्रेक लाग्नुको कारण अरु केही नभएर माधवकुमार नेपाल पक्ष पछि हट्नु रहेको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसले राष्ट्रिय स्तरमा तहल्का मच्चाएको थियो । यसरी राष्ट्रिय राजनीतिमा समेत तहल्का मच्चिएको कर्णाली प्रकरणमा नेपाल पक्षले भागबण्डा पाएपछि प्रस्तावबाट पछि हटेको बताईन्छ ।

मुख्यमन्त्रीसँगको छलफलका क्रममा नेपाल पक्षीय प्रदेससभा सदस्यहरुलाई पुर्नगठित मन्त्रीमण्डलमा समावेश गर्ने सहमति भएपछि प्रस्तावबाट ब्याक हटेको बताईएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त गरेका छन् ।

स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएअनुरुप उनीहरु प्रस्तावबाट पछि हटेका हुन ।  मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेमा नेपाल पक्षका ७ सदस्य रहेका छन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यस लगत्तै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई पदच्युत गरी सीता नेपालीलाई प्रमुख सचेतक तोकेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...