YouTube Link

मलेसियामा अपहरण गरी फिरौती लिने श्रेष्ठ काठमाडौमा पक्राउ

Facebook Link

काठमाडौ: मलेसियामा नेपालीलाई अपहरण गरी फिरौती असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ रहेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल आएको समयमा काठमाडौँको कान्ति बाल अस्पताल नजिकै गाडीमा सवार रहेकै अवस्थामा पक्राउ गरेको हो ।

उनीमाथि मलेसियामा नै काम गर्ने दाङको पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाइ झण्डै १६ लाख फिरौती लिएको आरोप छ ।

उनले आफ्नी श्रीमती मार्फत फिरौती रकम लिने गरेको तथ्य समेत खुलेको छ । यस कार्यमा उनले आफ्ना चालकलाई समेत सामेल गराउँदै आएका थिए ।

मलेसियामा कार्यरत रैदासलाई डेभिडले बन्धक बनाई उनकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी रकम पठाउन अन्यथा मारिदिने भन्दै धम्की दिएको उजुरी परेको थियो ।

फिरौती बापतको १५ लाख ९२ हजार रकम नेपालबाट पठाएपछि मात्रै अपहरित व्यक्तिलाई अपहरण मुक्त गरेको र राहदानी आफ्नो कब्जामा राखेजस्तै गरेका छन् ।

राहदानी नभएका कारण रैदास अझै नेपाल आउन सकेका छैनन् । यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

उता पक्राउ परेका श्रेष्ठ पक्षले भने घटना लेनदेन सम्बन्धि भएको र प्रहरी अर्को समूहको प्रभावमा परेर पक्राउ गरेको दाबी गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...