YouTube Link

प्रचण्डले हुन्न भन्दा मुख्यालयमा हंगामा

Facebook Link

काठमाडौं : मन्त्रीपरिषद पुर्नगठनको चर्चा चुलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलबाट ठोेस निष्कर्ष निस्कन सकेका छैन ।

मन्त्रीमण्डल पुर्नगठनको विषयमा छलफल चले पनि प्रधानमन्त्री ओली र दाहालबीच कुरा नमिल्दा मन्त्रीमण्डल विस्तारमा ब्रेक लागेको छ ।

यसरी मन्त्री मण्डल विस्तारमा ब्रेक लागेपछि नेकपा पार्टी कार्यालय धुम्बाराहीमा भने हंगामा भएको छ । विषेशगरी मन्त्री बन्नका लागि लिगलिगे दौडमा रहेका नेताहरु जिल्लराम भएको चर्चा पार्टी कार्यालयमा चल्न थालेको हो ।

अध्यक्षद्वयबीच भएको छलफलका क्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केही पुराना मन्त्रीलाई दोहोर्याउने मनस्थितिमा रहे पनि अर्का अध्यक्ष दाहालले दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने अडान लिएको बताईएको छ ।

मन्त्री परिषद् पुनर्गठनको विषयमा कुरा नमिल्दा मन्त्री मण्डल विस्तारमा ब्रेक लागेको बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच मन्त्रीमण्डल पुर्नगठनको विषयमा गहन छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

उता पार्टी अध्यक्षद्वयको छलफलबाट ब्रेक थ्रुको अपेक्षामा बसेका मन्त्री बन्न लाईन लागेका नेकपाका नेताहरु अध्यक्षबीच सहमति नभएको समाचार बाहिर आएपछि निराश भएका छन् ।

नेकपाभित्र मन्त्री बन्नका लागि पार्टी महासचिव विष्णु पौडेल, पार्टीका नेता गणेश ठगुन्ना, शान्ता चौधरी, कृष्ण दाहाल, यज्ञराज सुनुवार, प्रभु साह, रेखा शर्मा, जयपुरी घर्ती र नारदमुनि राना दौडमा रहेका छन् । यस्तै काठमाडौंका कृष्णगोपाल श्रेष्ठलाई पनि मन्त्री बनाउनुपर्ने भन्दै केही नेताहरुले प्रस्ताव गरेका छन् ।

अहिलेसम्म बैठक सुचारु नै रहेका कारण अध्यक्षद्वयको बैठकबाट के निष्कर्ष निस्किन्छ त्यो भने हेर्न बाँकी छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...