देउवाले रामचन्द्रलाई यस्तो भनेपछि कांग्रेसभित्र खैलाबैला
वि.सं.२०७९ वैशाख ६ मंगलवार १४:५६
2.2K
shares
काठमाडौं: नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हरेका कुरामा भाग खोज्ने भन्दै झपारेपछि त्यसले पार्टीभित्र खैलाबैला मच्चिएको छ ।
पार्टीभित्र हेरक विषयमा अड्को थाप्दै आएका पौडेलकै सामुन्ने देउवाले हरेक कुरामा तपाईले भाग मात्रै खोज्ने भन्दै प्रश्न गरेका थिए ।
आज नेपाल विद्यार्थी संघ(नेवि) संघको ५३औं स्थापना दिवसका क्रममा बोल्दै सभापति देउवा र वरिष्ठ पौडेलबीच घोचपेच चलेको थियो । यो कुराले सिंगो पार्टीमा अहिले खैलाबैला मच्चिएको हो ।
स्थानीय तहको निर्वाचन समिपमा आईरहेको अवस्थामा पार्टी दुई नेताबीचको रस्साकस्सीका कारण अहिले कांग्रेस कार्यकर्ता अलमलमा पर्न थालेका छन् ।
कार्यक्रममा पौडेलले नेविसंघले पूर्णता नपाएकोमा दोष साभापति देउवालाई दिएका थिए । त्यो झोक फेर्न देउवाले मञ्चबाटै तपाई हरेक कुरामा भाग मात्रै खोज्ने भन्दै प्रश्न गरेका थिए ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार १४:५६




















