जापान ओलम्पिक खेलकुद गर्न सक्षम, मार्च २६ मा भव्य उदघाटनको तयारी
वि.सं.२०७६ चैत २ आइतवार १०:५४
1.1K
shares
एजेन्सीः जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेलकुद समयमै गर्न जापान सक्षम रहेको बताएका छन् । विश्वभर कोरोना भाइरसको आतंक फैलिएको बेला प्रधानमन्त्री आवेले भने जापानका लागि कुनै कठिनाई नहुने बताएका हुन् । ओलम्पिक खेलकुद यहि बर्षको मार्च २६ बाट जापनमा हुने तय भएको छ । जापान ओलम्पिकका लागि प्रतिवद्ध छ । कोरोनको संक्रमणले केही असर गर्ने छैन । आबेले भनेका छन् ।
ओलम्पिकको समयमा कोरोनाको त्रास रहेपनि जापानले सुरक्षित ओलम्पिक सम्पन्न गर्न सक्ने उनको भनाई छ । विश्वभर कोरोना भाइसरले खेलकुद गतिविधि प्रभावित बनाएको बेला जापानका प्रधानमन्त्रीले दिएको यो अभिव्यक्तिलाई अर्थपुर्ण रुपमा हेरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले यसका लगि स्विकृति दिनेमा पनि उनले विश्वास ब्यक्त गरे । यदि आइओसीले स्विकृति जनाएको खण्डमा ओलम्पिक आयोजना समयमै गर्ने जापानको तयारि छ ।
पछिल्लो समय जापानमा पनि कोरोनको संक्रमण देखिएको छ । जापानमा १४ सय बढीमा कोरोनाको संक्रमण छ । २८ जनाको मृत्यु भएको छ । कोरोनाको कारण जापान र छिमेकी देश उच्च जोखिममा छन् । यो अबस्थामा जापानले मार्च २६ बाट फुकिसिमामा ओलम्पिकको भव्य उद्घााटनको तयारि गरेको छ । जापानले ओलम्पिकका लागि १० दशमलव २६ विलियन युरो खर्च गर्दै छ । विश्वयुद्धको समयमा बाहेक ओलम्पिक खेलकुद अहिले सम्म रोकिएको छैन ।
वि.सं.२०७६ चैत २ आइतवार १०:५४



















