YouTube Link

कोरोनाभाइरस ‘कोभिड-१९’को संक्रमणबाट ७० हजार मानिस उपचारपछि घर फर्किए, आफन्त र तिनका परिवारमा उत्साह

Facebook Link

काठमाडौं: कोरोनाभाइरस ‘कोभिड-१९’को संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि विश्वभर आक्रान्त बनेको छ । तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनीहरुको परिवारजनमा आशा पनि भरेको छ । जीवन र मरणको दोसाँधमा पुगेर उपचारपछि फर्किएको आफन्त र तिनका परिवारमा उत्साह छाएको छ ।

चीनले कोरोनाभाइरसको महामारी लगभग नियन्त्रणमा आएको घोषणा गरेको छ । गत डिसेम्बर ३१ बाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३१ सय ७७ जनाको मृत्यु भएको छ । ८० हजार ८ सय १७ जनामा संक्रमण देखिएकोमा ६४ हजार १ सय ५२ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् । उपचारारत १३ हजार ४ सय ८८ मध्ये ४ हजार २० जनाको अवस्था गम्भीर छ । तर संक्रमण देखिने कम न्यून भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको उद्गम भनिएको चीनको वुहान बाहेकका क्षेत्रमा यसको प्रकोप अब नियन्त्रणमा आएको चीनले जनाएको छ । चीनपछि कोरोनाले सबैभन्दा बढी महामारी लिएको इटालीमा १४ सय ३९ जना निको भएर घर फर्किएका छन् । उपचारारत १४ हजार ९ सय ५५ जनामध्ये १३ सय २८ जनाको अवस्था नाजुक छ । शनिबार विहानसम्म १२ सय ६६ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा ३५ सय २९ जना निको भएर घर फर्किएका छन् भने ७ हजार ३ सय २१ जनाको उपचार जारी छ । ५ सय १४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ५ सय १० जना उपचारपछि ठीक भएका छन् उपचारारत ७ हजार ३ सय ९८ जनाको अवस्था सामान्य रहेको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उपचार भइरहेकामध्ये ९३ जनाको अवस्था भने गम्भीर रहेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट ७१ जनाको मृत्यु भएको छ ।

स्पनेमा संक्रमित हुनेको संख्या अस्वभाविक रुपमा बढिरहेको छ । त्यहाँ एकैपटक २ हजार ८६ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ५२ सय ३२ पुगेको छ । उपचारका लागि ४ हजार ९ सय ६ जना भर्ना भइरहँदा १ सय ९३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उपचारारत मध्ये १ सय ९० जना सिकिस्त छन् भने १ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३६ सय २१ जनामध्ये ४६ जना उपचारपछि घर फर्किएका छन् । उपचार भइरहेकामध्ये ४६ जना निको भएका छन् भने ९ जनाको अवस्था गम्भीर छ । त्यहाँ ८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसको संक्रमण फैलने क्रम तीब्र हुँदै गए पनि उपचारपछि ठीक हुने दर पनि उच्च छ । संक्रमित भएकामध्ये अहिलेसम्म ९३ प्रतिशत मानिस उपचारपछि घर फर्किएका छन् भने ७ प्रतिशतको मृत्यु भएको छ । मृत्यु हुनेहरु बालबालिका, बिरामी र बृद्धबृद्धा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...