YouTube Link

वैदेशिक रोजगारको श्रम स्वीकृति अनिश्चिकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने

Facebook Link

काठमाडौं: विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ । कोरोनाको प्रभाव फैलिएसँगै नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

बिहीबार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेलसम्म श्रम स्वीकृति रोकेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालको मुख्य श्रम गन्तव्य कतार, शाउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म लागि यस अघि नै स्थगित गरिएको छ ।

यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दूमा आईपुग्ने मितिभन्दा एकसाताभित्र स्वास्थ्य जाँच रिपोर्ट अध्यागम कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । ४ मार्च अर्थात् शनिवारदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवसीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

कोरोनाको संक्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यस्तै कुवेतका लागि पनि भिसा दिन बन्द गरिसकेको छ । भारतले पनि आफ्नो देश प्रवेश गर्नेहरुमाथि रोक लगाएको छ भने प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...