YouTube Link

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका योजना सार्वजनिक

Facebook Link

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ‘कोभिड-१९’ रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलापहरु सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कोरोना संक्रमण नेपालमा फैलन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारी को अवधिभर बन्द गर्ने योजना सरकारले बनाएको जानकारी दिए । मन्त्रालयले सार्वजनिक गरेको ‘कोभिड-१९’ को संक्रमण फैलिएको अवस्थामा सञ्चालन गर्ने रणनीति र क्रियाकलाप सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरिएको हब तथा स्याटालाइट अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था गरिएको बताए ।

प्रादेशिक अस्पतालहरुमा समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरि विरामीहरुको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखिएको आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन भैरहेको जानकारी दिईएको छ ।

विदेशस्थित कुटनीतिक नियोग तथा दूतावास मार्फत त्यहाँ रहेका नेपालीहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना सम्बन्धि सूचना प्रभाव गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकरुपमा जनहितका सूचना सहितको स्वास्थ्य बुलेटिन जारी गरिरहेको लगातका रोकथाम तथा नियन्त्रण कार्य भइरहेको ‘कोभिड-१९’ प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने । स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेश पकेट एरिया लक डाउन’ गर्ने जनाएको छ ।

अत्यावश्यक सामाग्री बाहेक अन्य वस्तुहरुको आयात-निर्यात महामारी अवधिभर बन्द गर्ने र देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गरी आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने मन्त्रालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...