इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको प्रभावशाली जित
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०४
1.6K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि प्रभावशाली जित निकालेको छ । सोमबार राती भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा भार्डी र हार्वे बार्नेसले समान २–२ गोल गरे ।
बार्नेसले ४०औ मिनेटमा घरेलु टोली लेस्टरलाई खेलमा अगाडी बढाएका थिए । एस्टनका गोलकिपर पेप रैना डिबक्स बाहिर आएको मौकाको फाईदा उठाउँदै उनले गोल गरेका थिए । ६३ औ मिनेटमा पेनाल्टीमार्फत भार्डीले लेस्टरको अग्रता दोब्बर बनाए । ७९औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । बार्नेसले ८५औ मिनेटमा गोल गर्दै लेस्टरलाई प्रभावशाल जित दिलाए ।
प्रिमियर लिगका पछिल्ला ८ खेलमा लेस्टरले दुई खेलमा जित निकालेको छ । उसले पछिल्ला चार खेलमा मात्र दुई अंक बटुलेको थियो । जितसंगै लेस्टरले शीर्ष चारको दौडमा आफुलाई बलियो बनाएको छ । तेस्रो स्थानको लेस्टरले ५३ अंक जोडेको छ । एस्टन भिल्ला २५ अंक सहित रेलिगेशन जोनमा छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ०९:०४



















