YouTube Link

फागु लक्षित काठमाडौंमा विशेष सुरक्षा, झुक्किएर नगर्नुस् ११ काम, नत्र परिएला प्रहरी फन्दामा

Facebook Link

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागु गरेको छ । पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन उपत्यकाको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा चलाउने, लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको बताए ।

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानले गस्ती तथा मोबाइल चेकिङ गरिने छ । नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरीहरू गरी जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

के-के गर्दा प्रहरीले पक्राउ गर्छ त ?

  • डोरी टाँगेर वा अन्य प्रक्रियाबाट चन्दा उठाउँदा
  • महिला र पर्यटकहरुलाई अभद्र व्यवहार गर्दा
  • जथाभावी सार्वजनिक साधन चलाउने, छतमा या हुडमा यात्रा गराउँदा
  • सवारीसाधनमा बसेर मादक पदार्थ सेवन गर्दा
  • बिना हेलमेट र तीनजना सवार मोटरसाइकल चलाउँदा
  • जबर्जस्ती अरुलाई रंग र पानी छ्याप्दा
  • जबर्जस्ती अर्काको घरमा गई होली खेल्दा
  • चाडपर्वको नाममा जुवातास खेल्दा
  • अनुहार नै नचिनिने गरी रंग लगाई हिड्ँदा
  • मादक पदार्थ वा लागूऔषध सेवन गरी हो–हल्ला गर्दा
  • मादक पदार्थ वा लागूऔषध सेवन गरी झै–झगडा गर्दा
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...