विश्वभर कोराना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ सय नाघ्यो, दक्षिण कोरियामा कोरोना महामारी फैलियो
वि.सं.२०७६ फागुन १२ सोमवार ०९:१४
1.1K
shares
एजेन्सीः इरानमा कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । ४३ जनामा भाइरसको संक्रमण देखिएको अधिकारीहरुले बताएका छ्न् । भाइरसको संक्रमण बढ्दै गएपछि इरानले सीमामा कडाइ गर्नुका क्वारेन्टाइनको व्यवस्था गरेको छ ।
तीव्र गतिमा फैलिइरहेको महामारीको संक्रमण रोक्नका लागि टर्की, पाकिस्तान, अफगानिस्तन र अर्मेनिया लगायतका देशहरुले सीमामा कडाइ गर्नुका साथै नागरिकहरुलाई आवतजावत नगर्न आग्रह गरेका छन् । गत बुधबार इरानको क्युम शहरमा पहिलो पटक देखा परेको भाइरसको संक्रमण फैलन थालेपछि अधिकारीहरुले त्यसको नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाइरहेको समाचारमा जनाइएको छ । भाइरसको संक्रमण बढ्दै गएपछि इरानका शिक्षण संस्थाहरु बन्द गराइएको छ भने सर्वसाधारणको अत्याधिक भीड हुने स्थानमा मानिसको उपस्थिति कम हुन थालेको छ ।
यता दक्षिण कोरियामा पनि कोरोनाको महामारी फैलिएको समाचारमा जनाइएको छ । गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वहान शहरबाट फैलिएको कोरोनाका कारण चीनपछि सबैभन्दा बढी इरानमा रहेको बताइएको छ । चीनको वुहानमा मात्र दुई हजार चार सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ७७ हजार भन्दा बढी प्रभवित भएको बताइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको संक्रमण फैलिइरहेका बेला अमेरिकाले इरानमाथि लगाएको प्रतिवन्धका कारण रोग नियन्त्रणमा समस्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार ०९:१४



















