5G को प्रयोगपछि इन्टरनेट स्पीड १३ गुणाले बढ्ने प्रक्षेपण
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१७
1.4K
shares
एजेन्सीः विश्व बजारमा सन् २०२३ सम्ममा कूल मोबाइलको १० प्रतिशत भन्दा बढिमा 5G को कनेक्सन हुने प्रक्षेपण गरिएको छ । तीब्र गतिमा हुने 5G नेटवर्कको बिस्तारले ग्लोबल मोबाइल कनेक्सनको स्पीडलाई पनि आगामी ५ वर्षमा तीन गुणाले बढाउने सिस्कोले प्रक्षेपण गरेको छ ।
सिस्कोको वार्षिक रिपोर्ट अनुसार सन् २०२३ मा मोबाइल कनेक्सन स्पीड ४४ एमबीपीएस पुग्नेछ । जबकी यस्तो स्पीड सन् २०१८ मा १३ एमबीपीएस रहेको थियो । यसका साथै औसत 5G स्पीड भने ५७५ एमबीपीएस सोहि वर्ष पुग्ने अपेक्षा गरिएको छ भने औसत मोबाइल इन्टरनेटको स्पीडभन्दा १३ गुणा तीब्र हुने अपेक्षा गरिएको छ ।
रिपोर्ट अनुसार सन् २०२३ मा वाईफाई नेटवर्कहरुमा औसत विश्वव्यापी स्पीड ९२ एमबीपीएस हुने अपेक्षा छ । फिक्स्ड ब्रोडब्याण्डमा भने ११० एमबीपीएस हुने अपेक्षा गरिएको छ । सिस्कोको वार्षिक रिपोर्टले मोबाइल, वाईफाई, फिक्स्ड ब्रोडब्याण्ड नेटवर्किंगका साथमा बढ्दो यूजर्स, डिभाईस र कनेक्सनको आधारमा गुणस्तरीयताको प्रक्षेपण गरेको छ । यसका साथै नेटवर्कको कायक्षमता र वर्तमान प्रवृत्तिको आधारमा अनुमान गरिएको छ ।
रिपोर्टले 5G Users को बारेमा अन्य बजार अनुसन्धानकर्ताहरुले गरेको जस्तै प्रक्षेपण गरेको छ, जसअनुसार 5G को पहिलो ५ वर्षमा १ अर्ब भन्दा बढि Users पुग्नेछन् । सिस्कोको प्रक्षेपण अनुसार सन् २०२३ सम्ममा विश्व जनसंख्या ५.७ अर्बको आधारमा ७० प्रतिशत भन्दा बढि मानिसहरुसम्म 2G, 3G, 4G वा 5G मोबाइल कनेक्टिभिटी हुनेछ ।
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१७



















