कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या २ हजार १२० पुग्यो
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:५५
1.1K
shares
एजेन्सीः कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या २ हजार १२० पुगेको छ । पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार १२० पुगेको हो ।
चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार हिजो मात्र १ सय ८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण हुबेइ प्रान्तमा मात्र २ हजार २० जनाको मृत्यु भइसकेको छ । यस्तै अन्य शहरसहित चीनमा मात्र २ हजार ११२ जनाको मृत्यु भएको छ ।
चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसैबीच इरानको तेहरानमा पनि कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । तेहरानको दक्षिणी शहर कूममा दुई जनाको मृत्यु भएको जनाएको छ । मध्यपूर्वको कोरोनाको प्रभाव पहिलो पटक देखिएको हो ।
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:५५



















