म्यान्चेष्टर सिटीसँग वेस्ट ह्याम युनाईटेड पराजित
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:३६
1.2K
shares
एजेन्सीः प्रियिमर लिग फुटबलमा म्यान्चेष्टर सिटीसँग वेस्ट ह्याम युनाईटेड पराजित भएको छ । बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २-० गोल अन्तरले हराएको हो । सिटीको जितमा रोड्री र केभिन डी ब्रुईनले गोल गरे ।
जितसंगै सिटीले लिग तालिकामा तेस्रो स्थानको लेस्टरसंगको दुरी चार अंकले बढाएको छ । लिगमा १२ खेल बाँकी छँदा लिभरपुलले २२ अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको सिटीको ५१ अंक छ । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक रहेको छ ।
युरोपेली फुटबल महासंघको प्रतिबन्धपछि सिटीले पहिलो जित हासिल गरेको हो । बित्तिय अनुशासन पालना नगरेको भन्दै सिटीमाथि युरोपमा दुई बर्षको प्रतिबन्ध लागेको छ । सिटीको निर्णयबिरुद्व विश्व खेलकुदको सर्वोच्च निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गर्ने बताएको छ । पछिल्लो प्रतिबन्धसंगै सिटीले दुई बर्ष च्याम्पियन्स लिग लगायतका युरोपेली प्रतियोगितामा सहभागीता जनाउन पाउने छैन ।
वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:३६



















