Texas College
YouTube Link

सत्तरी करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’ {अडियोसहित}

Facebook Link

काठमाडौं: सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण अडियोसहित हाम्राकुरा डटकमका संस्थापक प्रधान सम्पादक अजयबाबु शिवाकोटी प्रकाशन गरेका छन् ।

प्रकाशित समाचार हाम्राकुरा डटकमबाट जस्ताका तस्तैः

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ ।

७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए ।

सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बास्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिने घटनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको देखाएको छ ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गिज्याउने गरि घटनाहरु सार्वजनिक भइरहेका छन् । यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिएको झै उन्मुक्ति दिन्छनकी कार्वाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए । उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ ।

मन्त्री बास्कोटा र स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद जस्ताको तस्तैः

– विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ । स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन
– मन्त्री गोकुल बास्कोटाः ह…
– विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ । तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
– मन्त्री गोकुल बास्कोटाः ठीक छ ।
– विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो ।
– मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु ।
– विजय प्रकाश मिश्र शर्माः त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी – तपाइले भने अनुसार नै गर्ने लु भन्नुस ।
– मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा ।
– विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई ।
– मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने ?
– विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा
– मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन ?
– विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो ।
– मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं ।
– विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो । बेसचाहि तपाइहको उसमै जाने हो हामी ।
– मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ ?
– विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी ।
– मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?
– विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत – तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।
– मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ ?
– विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने ।
– हामीले पनि त अलि अलि राख्नुपर्‍योनी । आउट अफ ट्याक गइयो भने…
– मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी ?
– विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस ।
– मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने – यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस । कुरा बुझ्नुभो..
– विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु । उसले त बनाएर राखिसकेको छ ।
– मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...