YouTube Link

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव असफल

World Cup 2026
Facebook Link

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको प्रस्ताव विफल भएको छ । संसदको माथिल्लो सदन सिनेटले प्रस्तावलाई अनुमोदन गर्न अस्विकार गरेपछि राष्ट्रपति ट्रम्प महाअभियोगबाट जोगिएका हुन् ।

रिपब्लिकनको बहुमत रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई दोषमुक्त गर्ने पक्षमा मतदान गरेको हो । सत्ताको दुरुपयोग गरेको र अमेरिकी संसद कँग्रेसको मानहानी गरेको आरोपमा उनीमाथि महाअभियोगको लगाइएको थियो । एक सय सदस्यीय सिनेटमा शक्तिको दुरुपयोग गरेको अभियोगमा भएको मतदानमा उनको पक्षमा ५२ र विपक्षमा ४८ मत खसेको थियो । त्यसैगरी कँग्रेसको मानहानी गरेको र काममा आवरोध गरेको सम्बन्धमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पक्षमा ५३ र विपक्षमा ४७ मत परेको थियो । महाअभियोग प्रमाणित गर्न सिनेटको दुई तिहाई मत आवश्यक पर्दछ ।

डेमोक्रेटिक तर्फका कुनैपनि सांसदले ट्रम्पको पक्षमा मतदान गरेनन । आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो–वाइडेनलाई कारबाही गर्न युक्रेनलाई दबाव दिएको आरोपमा उनीमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिम्भसले महाअभियोगको प्रस्ताव पारित गरेको थियो । माथिल्लो सदनले अनुमोदन नगरे पनि तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो । सिनेटले सफाइ दिएसँगै ट्रम्पले आफ्नो पूरा कार्यकाल बिताउन पाउने भएका छन् । उनले पटक-पटक आफूले शक्तिको दुरुपयोग नगरेको दाबी गर्दै आएका छन् । महाभियोगको हल्लाविरुद्ध अमेरिकीको जित भएको दाबी गर्दै आजै सम्बोधन गर्ने बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...