कोरोना भाईरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५ सय ५० नाघ्यो, दैनिक तीन हजार बिरामी थपिँदै
वि.सं.२०७६ माघ २३ बिहीवार ०८:३५
1.2K
shares
एजेन्सीः चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको छ । चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार मात्रै थप ७३ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा हुवेई प्रान्तमा थप ७० जना, एक जना तिआनजिन, एक हीलोंगजियांग र एक गुइझोउ प्रान्तका रहेका छन् ।
चीनका ३१ प्रान्तमा हिजो मात्रै ३ हजार ६ सय ९४ जनामा थप संक्रमण भेटिएको छ । चीनबाहिर हङकङमा थप एक जना र फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । नयाँ तथ्यांक अनुसार हङकङमा २१ जनामा संक्रमण भेटिएको छ भने मकाउमा १० जना, ताइवानमा ११ जना संक्रमित छन् । त्यस बाहेक बाँकी एसिया महादेशभर एक सय ३८ जनामा संक्रमण भेटिएको छ । त्यस्तै युरोपभर २६ जनामा संक्रमण देखिएको र उत्तर अमेरिकामा १६ जना संक्रमित रहेका छन् । अष्ट्रेलियामा १४ जना संक्रमण भेटिएको पुष्टि भएको छ ।
वि.सं.२०७६ माघ २३ बिहीवार ०८:३५



















